अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

चिनियाँ स्मार्टफोन निर्माता ‘साओमी’ ले आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गर्‍याे

बिआरटीनेपाल २०८० चैत १५ गते ६:५६ मा प्रकाशित

चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो पहिलो विद्युतीय गाडी (ईभी) सार्वजनिक गरेकाे छ । साओमीको पहिलो विद्युतीय कार एसयू–सेभेन आज सार्वजनिक गरेकाे र अर्डर लिन पनि शुरु गर्ने बीबीसीले जनाएको छ ।साओमीका प्रमुख कार्यकारी लेई जुनले गएको हप्ता स्पीड अल्ट्रा ७ (एसयू–सेभेन) कारको मूल्य पाँच लाख युआन अर्थात् ६९ हजार १ सय ८६ अमेरिकी डलरभन्दा कम हुने बताएका थिए । शाओमीको यो कदमले टेस्ला र बीवाईडीजस्ता प्रतिस्पर्धीलाई टक्कर दिने खबरमा उल्लेख छ ।

विश्वभर विद्युतीय गाडीको बिक्री सुस्त भएर ‘मूल्य युद्ध’ शुरु भएको समयमा विद्युतीय कार बजारमा साओमीको प्रवेश भएको हो । फोन, ल्यापटप र अन्य उपकरणसँग एसयू–सेभेनको साझा परिचालन प्रणाली ग्राहकले मन पराउने कम्पनीको विश्वास छ ।अनुसन्धानकर्ता कम्पनी ‘काउन्टरप्वाइन्ट’ का अनुसार साओमी झन्डै १२ प्रतिशत बजार हिस्सासहित स्मार्टफोन बेच्ने विश्वको तेस्रो ठूलो कम्पनी हो । यो सूचीको पहिलो नम्बरमा अमेरिकी कम्पनी एप्पल र दोस्रो नम्बरमा दक्षिण कोरियाको कम्पनी सामसङ छ ।

साओमीको एसयू–सेभेनको तुलना पोर्शेको टेकन र पानामेराको स्पाेर्ट्स कार मोडलसँग तुलना गरिएको छ । यो कारलाई बेइजिङको राज्यको स्वामित्वमा रहेको कार निर्माता बीएआईसी समूहले बनाउनेछ जसले हरेक वर्ष दुई लाख सङ्ख्यामा कार उत्पादन गर्न सक्नेछ । विद्युतीय गाडी बनाउन चाहना राख्ने प्राविधिक कम्पनीहरूले सामना गर्ने चुनौतीलाई सङ्केत गर्दै आईफोन निर्माता एप्पलले गएको महिना कम्पनीले विद्युतीय गाडी निर्माण गर्ने योजना रद्द गरेको खबरमा उल्लेख छ ।साओमीले आउँदो १० वर्षमा गाडी व्यवसायमा १० बिलियन डलर लगानी गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू