अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

”मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन”- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० चैत १५ गते ६:३८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकमा बोल्दै उहाँले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताउनुभयो।

कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यसअघि पनि सार्वजनिक रुपमै भनेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको स्पष्टीकरण दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘म अझै पनि प्रधानमन्त्रीको पदमा किन बसिराखेको छु भने अगाडि बढ्ने सम्भावना मैले देखिराखेको छु। मैले अघि भने नि – कमसेकम सायद म अथवा संघीयतासम्बन्धी संघर्ष गर्ने साथीहरु नभएको भए त्यो संघीय निजामती ऐन पनि त्यहाँ पुग्दैन थियो। प्रहरी समायोजन ऐन कार्यान्वयनको यो चरणमा आउँदैन थियो। संघीय प्रहरी ऐन पनि ड्राफ्ट हुँदैन्थ्यो। त्यसकारण त्यहाँ सम्भावना छ।’

उहाँले थप्नुभयो,’म के भन्छु भने साँच्चै यी कुनै पनि काम अघि बढन सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो मैले अरुलाई भनेको होइन है। त्यो मेरै लागि भनेको हो। मैले भन्ने गरेको छु– कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु। मैले अहिले पनि पदको सुरक्षाका लागि समीकरण अर्को बनाएको पनि होइन। पद त मेरो सुरक्षित नै थियो।’ यसअघि नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले एक सार्वजनिक कार्यक्रममा बोल्दै आफू बाँचुञ्जेल देशमा उथपपुथल भइरहने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू