अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

भारतको राजस्थानमा किताबको बाहिरी पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद

बिआरटीनेपाल २०८० चैत १४ गते ७:५० मा प्रकाशित

भारतको राजस्थानमा कक्षा ९ को अङ्ग्रेजी किताबको बाहिरी पेजमा भारतको सट्टा बेलायतको राष्ट्रिय झण्डा छापिएको विषयलाई लिएर विवाद भएको छ । शिक्षामन्त्री मदन दिलावरले पुस्तकको कभर पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएको तर भारतको राष्ट्रिय झण्डा नभएको कुरा अत्यन्त आपत्तिजनक रहेको बताउनुभएको छ । उहाँले यस विषयमा छानबिन गर्न माध्यमिक शिक्षा निर्देशक आशिष मोदीलाई आदेश दिनुभएको बीबीसी हिन्दिले जनाएको छ ।

शिक्षामन्त्रीले यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गरिने पनि बताउनुभएको छ । शैक्षिक सत्रको अन्त्यमा छापिएको पुस्तकको अर्थ समेत नभएको भन्दै राजस्थानमा पुस्तक छपाईप्रति विज्ञहरुले समेत आपत्ति जनाएका छन् । यस विषयमा पुस्तक प्रकाशन गर्ने निर्णय गर्ने निकायदेखि छाप्ने निकायसम्म छानबिन गरी दोषीलाई कारबाही गरिने शिक्षामन्त्रीले बताएका खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू