अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

अछाममा ट्याक्टर दुर्घटना: ५ जनाको ज्यान गयो, ३ जना घाइते

बिआरटीनेपाल २०८० चैत १२ गते ५:५४ मा प्रकाशित

अछाममा ट्याक्टर दुर्घटना हुँदा  ५ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । आज बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लालबहादुर धामी, हंश धामी र नाम नखुलेका एक जना बालकलाई उपचारको लागि बयलपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डीएसपी सन्तोष पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू