अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइयो

बिआरटीनेपाल २०८० चैत ११ गते ६:४० मा प्रकाशित

आज फागु पूर्णिमा अर्थात रंङहरुको पर्व होली । हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमाका दिन होली मनाइन्छ । त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रल्हादसँग होलीलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होली पर्व शुुरु भएको धार्मिक मान्यता छ ।

होली रंङहरुको चाड हो । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसके पछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि छ्याप्ने चलन छ । होलीको दिन पुरानो कटुता र दुश्मनी बिर्सेर एक–अर्कासँग मिल्ने गर्दछन् । यस पर्वलाई फाल्गुनी नक्षत्रमा मनाउने भएकाले तराइमा ‘फगुआ’ पनि भनिन्छ । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रंगिएर उल्लाषपूर्वक मनाउने गर्दछन् ।

राम्रो तरिकाले तयार परिएको रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्तो रङको प्रयोय गरी फागु खेलनाले शीतकालमा शरीरमा उत्पन्न कफ हराउँछ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराइमा भने यो पर्व पूर्णिमाको भोलीपल्ट मनाउने गरिन्छ । यस दिनमा विशेष गरेर भाङ मिसाइएको खानेकुरा खाई विविध रङबाट रङ्गिएर नाचगान गर्दै बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गरेर मनाइँने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू