अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

अडानी समूहले कुल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने

बिआरटीनेपाल २०८० चैत ५ गते ५:५५ मा प्रकाशित

भारतको अडानी समूहले आफ्नो कुल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने घोषणा गरेको छ । समूहले आफ्नो लगानीको ७० प्रतिशत नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन, हरित निकासी प्रसारण लाइनलगायतमा हुने बताएको समाचार संस्था एएनआईले जनाएको छ । अडानी समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ ।

अडानी समूहले आउँदो वर्ष ११ वटा कम्पनीमार्फत १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको एएनआईको खबरमा उल्लेख छ । समूहको लगानीले भारतको ऊर्जा र यातायात क्षेत्रको अवस्था परिवर्तन गर्न महत्त्वपूर्ण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू