अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

नाइजेरियाको डेल्टामा दुई समुदायबीच झडप : सैन्य टोलीका १६ जनाको हत्या

बिआरटीनेपाल २०८० चैत ४ गते ६:५४ मा प्रकाशित

नाइजेरियाको दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नका लागि अभियानमा खटिएको सैन्य टोलीका १६ जनाको हत्या भएको छ । डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्न खटिएका नाइजेरियाली सैनिक मारिएका हुन् ।

साम्प्रदायिक शान्ति अभियानका लागि गएका उनीहरूलाई युवाकाे समूहले घेरेर मारेको सेनाका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । आक्रमणमा कमान्डिङ अफिसर, दुई मेजर, एक क्याप्टेन र १२ सैनिकको ज्यान गएको हो ।

सेनाले यो जघन्य अपराध रहेको र घटनामा संलग्नलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको छ । गएको बिहीवार भएको घटनापछि अहिलेसम्म केहीलाई पक्राउ गरिएको खबरमा उल्लेख छ । भूमिको स्वामित्वलाई लिएर दुई समुदायबीच झडप हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू