अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

एमालेले आफूहरूकाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई दियाे ३ दिनकाे समय

बिआरटीनेपाल २०८० फागुन ११ गते ६:२९ मा प्रकाशित

नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनकाे समय दिएको छ ।आज विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको संसद पुनः शुरु भएपछि विशेष समय लिएर बाेल्दै एमाले सचेतक महेश बर्तौलाले अर्को बैठकमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो । संसद्को अर्को बैठक पर्सि आइतवार बिहान ११ बजेका लागि तोकिएको छ ।

एमालेले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ । एमाले सचेतक बर्तौलाले संसद्को आउँदो बैठकमा मन्त्रीहरूलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

यसअघि आजको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले विधेयक प्रस्तुत गर्ने बेला गणपूरक सङ्ख्या नपुगोस् भनेर विपक्षी दलका सांसद बाहिर गएको आरोप लगाएपछि एमालेले विरोध गरेको थियो । जसका कारण बैठक स्थगित भएर पुनः शुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू