अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

विभिन्न मुलुकसँग गरेको सन्धी सम्झौताको पूर्ण विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०८० पुष २५ गते ५:०२ मा प्रकाशित

संसदीय समितिले सरकारले विभिन्न मुलुक र सरकारी संघ संगठनहरुसँग गरेको सन्धी सम्झौताहरुको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारलाई नेपाल सरकार पक्ष भइ विभिन्न मुलुकहरु वा सरकारी संघ संगठनहरुसँग गरेको सन्धी सम्झौताहरु भएका मिति र सम्झौताको अवस्था संसदले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

समिति सभापति विमला सुवेदीले समितिका निर्णय सुनाउँदै समिति सचिवालयलाई सो प्रीतलिपी उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताको पूर्णरुप समिति सचिवालयमा सात दिन भित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको सम्झौताको विषयहरु समिति समक्ष जानकारी गराउनुभएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार प्रकट गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू