अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०८० पुष २५ गते ५:०० मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।मन्त्री भुसालले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताउनुभयो । उहाँले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको बताउनुभयो ।

मन्त्री भुसालले चैतभित्रमा किसानहरुको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरुले भुक्तानी नपाएको समस्या रहेको बताउनुभयो । उहाँले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिंचाई सुविधा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भुसालले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिंचाई हुने गरेको बताउनुभयो । मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदि प्रणाली जोड्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नदी प्रणाली जोड्न नसके तराई मधेश मरुभूमि हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू