अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

सिप बिल्डिङको भाषा परीक्षा दिएका सबैले अर्को परीक्षामा पनि सहभागी हुन पाउने

बिआरटीनेपाल २०८० पुष २४ गते ५:५६ मा प्रकाशित

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाको मानव संशाधन विभागका अधिकारीहरुबीच सोमबार भएको छलफलमा कोरियाली पक्ष उत्पादनमूलकतर्फ आवेदन दिएका १ लाख ६५ हजारभन्दा बढी सबै आवेदकलाई परीक्षामा सामेल गराउन सहमत भएको हो ।

सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका २१ हजार बढी परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने भएका छन् । यही माग राख्दै इपीएस कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा दुई युवाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू