अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीय त्रिभुवन विमानस्थलबाट पक्राउ

बिआरटीनेपाल २०८० असोज ३० गते ७:०८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलाे परिमाणकाे रकमसहित चिनियाँ मूलका भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आई दिल्ली जान लागेको अवस्थामा छाेदेनलाई १६ हजार ४ सय ३० अमेरिकी डलर, ५४ हजार ४ सय ५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो । छोदेनलाई प्रहरी वृत्त गौशालामा राखी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलामा रहेकाे धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताउनुभयो । छोदेनबाट प्रहरीले बरामद गरेको रकम ३१ लाख ५० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू