अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनशिपकाे सेमिफाइनलमा

बिआरटीनेपाल २०८० असोज ८ गते ६:२२ मा प्रकाशित

माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । माल्दिभ्सका लागि आदम रशिदले गाेल गरे ।

नेपाल २ खेलमा ३ अङ्कसहित समूह ‘ए’ काे उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आजै  दशरथ रङ्गशालामा हुने भारत र भुटानबीचकाे खेलबाट समूह ‘बी’ काे विजेताकाे टुङ्गाे लाग्नेछ । नेपाल रहेकाे समूहबाट पाकिस्तान २ खेलमा ४ अङ्कका शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनल पुगिसकेकाे छ । नेपाल पहिलाे खेलमा पाकिस्तानसँग १–० गाेलले पराजित भएकाे थियाे ।

प्रतिक्रिया