अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

बिआरटीनेपाल २०८० असोज ५ गते ७:१० मा प्रकाशित

१९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ ।समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गर्‍याे ।

नेपालले अब सोमवार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्नेछ । त्यस्तै समूहको अन्तिम खेल बिहीवार बङ्गलादेशसँग हुनेछ । चीनको हान्झाउ सहरमा भोलि शनिवार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।

प्रतिक्रिया