अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

यू–१९ विश्वकप क्रिकेट : नेपालकाे पहिलाे खेल न्युजिल्यान्डसँग

बिआरटीनेपाल २०८० असोज ५ गते ७:०४ मा प्रकाशित

आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग खेल्ने भएको छ । यो खेल २०२४ को जनवरी १३ तारिखमा हुने छ ।दोस्रो खेलमा नेपालले जनवरी १७ मा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग जनवरी २० तारिखमा खेल्नेछ । श्रीलङ्कामा हुने यो विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । १९ वर्षमुनिकाे विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

समूह ‘डी’ मा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । साविक विजेता भारत समूह ‘ए’ मा रहेको छ । यो समूहमा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, आयोजक श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू