अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

च्याम्पियन्स लिग फुटबल आजबाट, म्यान्चेस्टर सिटी सर्वियाको रेडस्टारसँग भिड्दै

बिआरटीनेपाल २०८० असोज २ गते ७:२१ मा प्रकाशित

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । आज राती इंग्ल्याण्डमा हुने खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेडस्टार ब्रेलग्रेडको सामना गर्नेछ । यो समुहको अर्को खेलमा स्विट्जरल्याण्डको योङ ब्वाइज र जर्मनीको आर.बी लेप्जीग भिड्नेछन् ।

आजै हुने समुह ‘ई’ का खेलहरुमा नेदरल्याण्ड्सको फेयनुर्ड र स्कटल्याण्डको सेल्टीक तथा इटालीको लाजियो र स्पेनको एट्लेटिको मड्रिड भिड्नेछन् । समुह ‘एफ’ को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) ले जर्मनीको बोरुसिया डर्टमण्डको सामना गर्दैछ । यसैगरि समुह ‘एच’ मा स्पेनको बार्सिलोना र बेल्जीयामको रोयल एन्ट्रेप तथा युक्रेनको शख्तर डोनेट्स्क र पोर्चुगलको एफ.सी पोर्टाे भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू