अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

प्रिमियर लिगमा आर्सनलको जित, चेल्सीको बराबरी

बिआरटीनेपाल २०८० भदौ ३१ गते २२:०३ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई १–० गोलले हराएको छ । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औँ मिनेटमा गरेका थिए । जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हारसहित तालिकाको चौथो स्थानमा छ । पराजित एभर्टन पाँच खेलमा एक अङ्कसहित १८औँ स्थानमा छ ।

अर्को खेलमा चेल्सी र बर्नमाउथले बराबरी खेले । चेल्सीले बर्नमाउथको घरेलु मैदान भिटालिटीमा गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै चेल्सीको पाँच खेलमा पाँच अङ्क भएको छ ।चेल्सी अङ्कतालिकाको १४औँ स्थानमा रहेको छ । बर्नमाउथ समान खेलमा तीन अङ्कसहित तालिकाको १५ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी शत प्रतिशत नतिजासहित शिर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू