अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटका लागि नेपालकाे प्रारम्भिक टोलीको घोषणा

बिआरटीनेपाल २०८० भदौ २९ गते ७:१० मा प्रकाशित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी यू–१९ प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ ।आउँदाे अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने प्रतियोगिताका लागि क्यानले आज शुक्रवार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् । समूह ‘सी’ मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह ‘डी’ मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ‘ए’, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् । त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू