अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित

बिआरटीनेपाल २०८० भदौ २५ गते ७:०२ मा प्रकाशित

म्यानमारविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। सोमबार भएको खेलमा नेपाललाई घरेलु टिम म्यानमारले १(० गोलले पराजित गरेको हो।नेपालले खेल सकिन चार मिनेट बाँकी छदा गोल खाएको थियो। म्यानमारका लागि विन तुनले ८६ मिनेटमा गोल गरेका थिए।

यसअघि नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो।नेपालले विश्वकप २०२६ को छनोटको तयारीका लागि खेल खेलेको हो। नेपालले विश्वकप छनोटमा लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ।

पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ। फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्। जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ। पहिलो चरणमा नेपालसँगै २० ले प्रतिस्पर्धा गर्दैछन्। एसिया वरीयतको पुछारका २० लाई पहिलो चरणमा प्रतिस्पर्धा गराउन लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू