अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

बिआरटीनेपाल २०८० भदौ १५ गते ७:३३ मा प्रकाशित

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।  आज शुक्रवार काठमाण्डौमा भएको चुनावमा पारस प्यानलसहित विजयी हुनुभएको हो । पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी हुनुभयो। पारसले २३ मत पाउँदा पियाले १४ मत पाउनुभयो ।

सङ्घको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन् । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।

प्रदेशको अध्यक्ष जितेका खड्काले अब नेपाल क्रिकेट सङ्घ(क्यान) को  एक प्रमुख पदमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । पारस काठमाण्डौ जिल्लाको सदस्य बन्दै प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्न प्रतिनिधि बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू