अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : मलेसियासँग नेपालको खराब शुरुवात

बिआरटीनेपाल २०८० भदौ १३ गते २०:२६ मा प्रकाशित

नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको पहिलो खेलमा अहिले घरेलु टोली मलेसियासँग खेलिरहेको छ । यो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।

बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ३३ रन बनाएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू