अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

बिआरटीनेपाल २०८० भदौ ११ गते ६:५८ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तान प्रस्थान गर्नुभएको छ । सन्दीप सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गर्नुभएको हो ।सन्दीपलार्ई बिदाई गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुग्नुभएको थियो । घिसिङ्ले सञ्चारकर्मीहरुसँग कुरा गर्दैे एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताउनुभयो । उहाँले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको बताउनुभयो । सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने घिसिङले विश्वास व्यक्त गर्नुभयो।

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको जिकिर गर्नुभयो। सन्दीपले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । लामिछानेले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको उल्लेख गर्नुभयो । क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताउनुभयो । नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिष्पर्धा गर्दैछ । त्यसपछि सन्दीप पाकिस्तानबाट सेप्टेम्बर ६ तारिखमा नेपाल फर्किनुहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू