अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन, एसिया कपका लागि पाकिस्तान जाने सम्भावना

बिआरटीनेपाल २०८० भदौ १० गते ८:१८ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज आइतवार पनि स्थगित भएको छ । सन्दीपविरुद्धको बलात्कारको मुद्दा पेसीमा चढे पनि अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।सन्दीपविरुद्धको मुद्दा पटक पटक स्थगित हुँदै आएको छ । उनले एक नाबालिकलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । आजको पेसीकै कारण सन्दीप एसिया कप खेल्न पाकिस्तान गएका थिएनन् ।

आज स्थगित भएको पेसी अब भदौ २१ गतेका लागि तोकिएकाले सन्दीप आजै राति वा भोलिसम्म पाकिस्तान जाने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपाली टोली यसअघि नै पाकिस्तान पुगिसकेको छ । एसिया कप क्रिकेटमा नेपालले आउँदो बुधवार अर्थात् भदौ १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू