अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

पारस खड्काद्धारा क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा

बिआरटीनेपाल २०८० भदौ ८ गते ८:२० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गर्नुभएको छ । उहाँ काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य पनि हुनुहुन्छ ।

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् । प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उहाँमा लिडरसिप क्षमता पनि भएकाले शाहलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरु सहमति भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताउनुभयो । उनीहरुबीच उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने सहमति पनि भएको छ ।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षको रुपमा अघि सारेको बताउँदै बागमती प्रदेशका बाँकी जिल्लालाई पनि पारसलाई नै समर्थन गर्न आग्रह गरे । बागमती प्रदेशको चितवन र नुवाकोटमा पनि क्रिकेट संघ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू