अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

एन्फा साधारणसभा विधानसम्मत गरिदिन राखेपलाई फुटबल क्लबहरुको माग

बिआरटीनेपाल २०८० भदौ ७ गते ७:१६ मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारणसभा विधानसम्मत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुरोध गरेका छन् । एन्फाको विशेष साधारणसभा भदौ २४ लाई तय भएको छ । साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा परीक्षक नियुक्ति र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै विभिन्न श्रेणीका ३५ क्लबले राखेपसँग अनुरोध गरेका हुन् ।

शहीद स्मारक लिग अन्तर्गत ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च विगत लामो समयदेखि एन्फाले भुक्तानी नगरेकोले एन्फा महासचिवलगायत पदाधिकारीसँग पटक-पटक छलफल तथा बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरेको क्लबहरुले जनाएका छन् ।  तर यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकाले अविलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न उनीहरुले पुनः एन्फाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू