अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्याे महिला विश्वकपकाे उपाधि

बिआरटीनेपाल २०८० भदौ ३ गते ७:४५ मा प्रकाशित

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले नवाैँ संस्करणकाे फिफा महिला विश्वकप फुटबल २०२३ काे उपाधि जितेकाे छ ।आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।

इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ । अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।

स्पेन महिला फुटबल विश्वकप जित्ने पाँचाैँ टिम बनेकाे छ । यसअघि अमेरिकाले सबैभन्दा धेरै ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १/१ पटक जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू