अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

घट्यो सुनचाँदीको मूल्य

बिआरटीनेपाल २०८० साउन २३ गते ५:३२ मा प्रकाशित

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू