अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

शेयर बजारमा ३८ अंकको गिरावट, कारोबार बढेर साढे २ अर्बमाथि

बिआरटीनेपाल २०८० साउन २१ गते ४:४५ मा प्रकाशित

साताको सुरुकै दिन शेयर बजारमा पहिरो गयो । नेप्से ३८ अंकले ओरालो लागेर २ हजार ५१ कायम भएर थामियो । सुरुवाती समयमा उकालो लागेर २१ सयसम्म पुगेको नेप्से केही मिनेटमै ओरालो लागेको हो ।गत साताका पछिल्ला दिन सामान्य अंकले हरियो रहेको नेप्से यसदिन उच्च अंकले ओरालो लागेको हो ।आइतबार कारोबार भने पछिल्ला दिनका तुलनामा केही सुधारिएर साढें २ अर्ब नाघ्यो । सबै समूह राताम्मे रहँदा होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च साढें ३ प्रतिशत बढीको गिरावट आयो । वित्त समूह पनि करिब साढें ३ प्रतिशतले झर्यो ।

विकास बैंक, व्यापार बीमा समूह पनि २ प्रतिशत बढीले ओरालो लागे । बाँकी समूह पनि १ प्रतिशत बढीले ओरालो लागे । आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६५ कम्पनीको ८० लाख बढी कित्ता शेयर २ अर्ब ६८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

आइतबार १ सय ९७ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा १८ कम्पनीकाले कमाए । आइतबार प्रोग्रसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारी गुमाए । घटेको बजारमा पनि आईएमई लाईफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाका शेयर भने सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू