अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकम २ अर्ब रुपैयाँ पनि पुगेन

बिआरटीनेपाल २०८० साउन १६ गते ७:१८ मा प्रकाशित

शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।

बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको आठ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू