अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीकाे धर्ना

बिआरटीनेपाल २०८० साउन १५ गते ४:५४ मा प्रकाशित

आफूहरुले विभिन्न ठाउँमा सरकारी ठेक्का लिएर काम गरेको रकम नपाएको भन्दै निर्माण व्यवसायीहरु प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका छन् ।सरकारले असार मसान्त सकिएर आधा साउन भइसक्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै उनीहरूले आज बालुवाटारस्थित प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिएका हुन् ।

रकम भुक्तान नगरेको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सेफ्टी हेल्मेटसहित एक घण्टा धर्ना दिइएको हो । उनीहरू नारा लगाउँदै बालुवाटार छिर्ने बाटो अगाडि बसेका थिए । सरकारले तरलताको अभाव देखाउँदै लामो समयदेखि ठेक्काको रकम नदिएको उनीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू