अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

महिला विश्वकप फुटबलमा अमेरिकाको विजयी सुरूवात

बिआरटीनेपाल २०८० साउन ६ गते ५:०२ मा प्रकाशित

फिफा महिला विश्वकप फुटबलमा लगातार तेस्रो विश्वकप जित्ने लक्ष्यमा रहेको अमेरिकाले भियतनामलाई हराएको छ । शनिबार बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा अमेरिकाले भियतनामलाई ३–० गोलले पराजित गरेको हो । अमेरिकाका लागि सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ ।

शनिबार अन्य तीन खेल हुँदैछन् । समूह ‘सी’ को जापान र जाम्बियाबीचको खेल दिउँसो पौने १ बजे हुनेछ । त्यस्तै, समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबीच दिउँसो सवा ३ बजे तथा समूह ‘डी’ कै चीन र डेनमार्कबीचको खेल बेलुका पौने ६ बजे हुनेछ । महिला विश्वकपमा शुक्रबार भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका थिए । बिहीबारदेखि सुरु भएको महिला विश्वकप फुटबल आगामी अगस्ट २० तारिखसम्म चल्नेछ ।

विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू