अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

महिला विश्वकप : स्पेनले काेस्टारिकालाई ३–० गाेलले हरायाे

बिआरटीनेपाल २०८० साउन ५ गते ६:४४ मा प्रकाशित

फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले काेस्टारिकालाई हराएकाे छ ।आज शुक्रवार न्युजिल्यान्डकाे वेलिंगटन रिजनल स्टेडियममा भएकाे खेलमा स्पेनले काेस्टारिकालाई ३–० गाेलले हरायाे । स्पेनका लागि भेलेरा डेल केम्पाेले २१ औँ मिनेटमा, एटाना बाेनमाेटीले २३ औँ र इस्टर गाेन्जालेजले २७ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘सी’ मा रहेकाे स्पेनले ३ अङ्क जाेडेकाे छ ।

यसअघि आजै भएका खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराउँदा नाइजेरिया र क्यानडाले गाेलरहित बराबरी खेलेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

प्रतिक्रिया