अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

फिफा महिला विश्वकपमा न्युजिल्यान्डकाे विजयी शुरुवात

बिआरटीनेपाल २०८० साउन ४ गते ६:२१ मा प्रकाशित

फिफा महिला विश्वकप फुटबल २०२३ मा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज बिहीवार घरेलु मैदान इडेन पार्कमा भएकाे उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गाेलले हरायाे । न्युजिल्यान्डका लागि खेलकाे ४८ औँ मिनेटमा हाना विलकिनसनले गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे न्युजिल्यान्डले ३ अङ्क जाेडेकाे छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू