अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५ | Colorodo: 20:50

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

बिआरटीनेपाल २०८० असार १४ गते ५:४२ मा प्रकाशित

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५ औं स्थानमा झरेको हो ।यसअघि नेपाल १७४ औं थियो । भारतमा जारी साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जहाँ कुवेतसँग ३–१ र भारतसँग २–० ले पराजित भएको नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।

दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १०० औं स्थानमा छ । यस्तै,माल्दिभ्स १५४ औं स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४ औं स्थानमा उक्लेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको बंगलादेश १९२ औं स्थानमा यथावत छ । पाकिस्तान २०१ औं स्थानमा झरेको छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०७ औं स्थानमा छ । एसियाली राष्ट्रमध्ये जापान सबैभन्दा माथि २० औं स्थानमा रहँदा इरान २२ औं स्थानमा छ । अष्ट्रेलिया २७ औं र दक्षिण कोरिया २८ औं स्थानमा छ । विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ । फ्रान्स,ब्राजिल,इङ्ल्यान्ड,बेल्जियम,क्रोएसिया,नेदरल्यान्ड्स,इटाली,पोर्चुगल र स्पेन दोस्रो देखि १०औं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू