अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

जिम्बावेले अमेरिकालाई दियाे ४ सय ९ रनकाे कीर्तिमानी लक्ष्य

बिआरटीनेपाल २०८० असार ११ गते ५:४८ मा प्रकाशित

आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ४ सय ९ रनकाे कीर्तिमानी विशाल लक्ष्य दिएकाे छ ।  घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायाे । जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए । उनले १ सय १ बलमा २१ चाैका र ५ छक्का प्रहार गरे । यस्तै जाेएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए । बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए ।

याे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेकाे सर्वाधिक ठूलाे याेगफल हाे । यस्तै हरारेमा एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै रन बनेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू