अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

जापानमा नेपाली विद्यार्थीको हृदयघातबाट निधन

बिआरटीनेपाल २०८० असार ९ गते ६:१३ मा प्रकाशित

जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको हो ।

लिम्बुको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी नुभयो । ४ महिना अघिमात्र जापान गएका लिम्बु शुक्रबार होस्टेल बाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए। तत्कालै उनलाई उपचारका लागि लगिएपनि अस्पतालका चिकित्सकले हृदयघातबाट निधन भएको पुष्टि गरेका छन् ।’

मृतक लिम्वूको शव नेपाली दूतावासबाट आवश्यक कागजी प्रक्रिया पुरा गरि जति सक्दो छिटो नेपाल पठाउन उनले अध्ययन गर्ने विद्यालय र एनआरएनए नागोयाको संयुक्त पहलमा काम भइरहेको बताइएको छ । सो प्रकृयामा लाग्ने सम्पूर्ण खर्च मृतक लिम्वूले अध्ययन गर्ने विद्यालयले व्यहोर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू