अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४८ | Colorodo: 18:03

इरानले सात वर्षपछि साउदी अरबमा दूतावास खोल्दै

बिआरटीनेपाल २०८० जेठ २३ गते ७:४० मा प्रकाशित

 इरानले सात वर्षपछि साउदी अरबमा पुन : दूतावास खोल्ने भएको छ ।चीनको मध्यस्थतामा गत मार्चमा भएको तेहरान र रियादबीचको सम्झौता अनुसार इरानले सात वर्षपछि साउदी अरबमा दूतावास खोल्न लागेको हो । पछिल्ला महिनामा दुई क्षेत्रीय शक्तिशाली राष्ट्रहरुले एकआपसको तनाव कम गर्दै आएका छन् । साउदीसँग कुटनीतिक दरार आएपछि इरानले सात वर्षअघि आफ्नो दुतावास बन्द गरेको थियो ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले मंगलबार तेहरानमा दूतावास खोल्ने, त्यसपछि जेद्दाहमा यसको वाणिज्य दूतावास र एकदिनपछि इस्लामिक सहयोग संगठनको प्रतिनिधि कार्यालय पुनःखोल्ने जानकारी दिनुभयो । दूतावास र वाणिज्य दूतावासले हज यात्राको सहजताका लागि काम थालिसकेको र अब दुई देशका विदेश मन्त्रालयका अधिकारीहरुको उपस्थितिमा औपचारिकता दिईने बताइएको छ ।

तेहरानमा साउदी दुतावास वा मशद राज्यको वाणिज्य दूतावास आधिकारीक रुपमा कहिले खुल्छ भन्ने आधिकारीक पुष्टि हुनसकेको छैन् । रियादले सन् २०१६ मा तेहरानसंग कुटनीतिक सम्बन्ध तोडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू