अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

दुई दिन उच्च अङ्कले घटेको नेप्से आज बढ्यो, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० जेठ १८ गते ४:२५ मा प्रकाशित

आउँदो आर्थिक वर्षको बजेट घोषणा भएपछि लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ ।शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

२ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर २३ करोड २१ लाख रुपैयाँमा किनबेच भयो । आज सबैभन्दा धेरै जोशी हाइड्रो पावरको शेयर झण्डै ७ प्रतिशत तथा बीपीडब्ल्यू लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू