अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

लगानी प्रवर्द्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य : एफएनसीसीआई

बिआरटीनेपाल २०८१ वैशाख ११ गते ८:१३ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले लगानी सम्मेलन नजिकिँदै गर्दा सरकारले लगानी प्रवर्द्धनका लागि १२ कानुन र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एफएनसीसीईले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा यो संशोधनले थप सहयोग पुग्ने जानकारी दिएको छ ।यही वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरि निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमिसम्बन्धी ऐन लगायतका कानुमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदवन्दी लगायतका विषयलाई सम्बोधन गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा पनि खुसी व्यक्त गरेको छ । यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन नसकिएको पनि उल्लेख छ ।  महासंघले नै नियमावलीमार्फत परिभाषा खोजे पनि यसपटक सिधैँ ऐनबाट सम्बोधन हुनु सकारात्मक भएको बताइएको छ ।

प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो । अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन  गर्ने महासंघको विश्वास छ । यसैगरी संशोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थान विन्दु भएको महासंघले विश्वास लिएको छ ।

प्रतिक्रिया