अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

बिआरटीनेपाल २०८० जेठ १७ गते ६:४३ मा प्रकाशित

आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबारमा पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ४९ दशमलव ८३ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा होटल तथा पर्यटन, उत्पादन, फाइनान्स, जलविद्युत् र लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेकाे दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको ३४ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनिलिभर नेपालको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू