अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

जापानका प्रधानमन्त्री किशिदाद्वारा छोरा शोतारोलाई निजी सचिवबाट बर्खास्त

बिआरटीनेपाल २०८० जेठ १६ गते ५:११ मा प्रकाशित

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्ना छोरा शोतारो किशिदालाई निजी सचिवबाट बर्खास्त गर्नुभएको छ ।प्रधानमन्त्रीको सरकारी निवासमा ‘अनुपयुक्त व्यवहार’ गरेका कारण आफूले छोरालाई निजी सचिवबाट हटाउन परेको प्रधानमन्त्री किशिदाले बताउनुभएको छ ।

शोतारो किशिदाले गएको वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तलाई निम्ता गरी भोज गरेको तस्बिरसहित समाचार सार्वजनिक भएको थियो । अघिल्लो हप्ता समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गर्नुभएको हो । विपक्षी दलले निरन्तर आलोचना गरेपछि प्रधानमन्त्रीले छोरालाई पदमुक्त गर्ने निर्णय गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू