अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते

बिआरटीनेपाल २०८० जेठ १६ गते ४:३३ मा प्रकाशित

भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बसमा रहेका २० जना यात्रु घाइते भएका छन् । अमृतसरबाट कटराका लागि छुटेको बस जज्जर कोटलीमा पुलबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा बिहारका बासिन्दा थिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीरबाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो । कटरा त्रिकुटा पहाडमा रहेको प्रसिद्ध तीर्थस्थलमा जाने तीर्थयात्रीहरूको आधार शिविर मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू