अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

बेलारुसका आप्रबासी पोल्याण्डको सीमामा अलपत्र

बिआरटीनेपाल २०८० जेठ १५ गते ५:२५ मा प्रकाशित

बेलारुसबाट पोल्याण्ड प्रस्थान गर्न लागेका ३० जना आप्रबासीहरु पोल्याण्डका सीमामा फसेका छन् । मानव अधिकार कार्यकर्ताहरुका अनुसार बेलारुसबाट पोल्याण्डमा शरण लिन हिंडेका उनीहरुलाई पोल्याण्डले स्वीकार नगरेको र बेलारुसले पनि फिर्ता हुन अनुमती नदिएपछी सीमामा फसेका हुन ।बिगत ३ दिनदेखि फसेका आप्रबासीहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् । गत वर्ष पोल्याण्डले आफ्नो देशमा शरण लिनेको संख्या बढेपछी आफनो सीमानामा १सय ९० किलोमिटर लामो पर्खाल लगाएको थियो ।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले युरोपेली संघले लगाएको प्रतिबन्धका कारण आफ्ना जनता शरणार्थीको रुपमा पोल्याण्ड प्रवेश गरेको भन्दै त्यसमा आफ्नो कुनै दोष नरहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू