अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

मान्छेको दिमागमा ‘चिप’ राखेर परीक्षण गर्न एलन मस्कको न्युरालिंकले पायो अनुमति

बिआरटीनेपाल २०८० जेठ १२ गते ६:०३ मा प्रकाशित

एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट स्वीकृति पाएको जनाएको हो । मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात भएका मानिसलाई हिँड्न सक्ने बनाउने गरी कम्पनीले काम गरिरहेको छ ।कठोर खालको पक्षघात क्वाड्रिप्लेजिया भएका मानिसहरूलाई उनीहरूको कम्प्युटर र मोबाइल जन्य उपकरणहरू सोचेकै आधारमा चलाउन सक्ने चिप विकास गर्नेतर्फ न्युरालिंकले काम गरिरहेको छ । यसअघि, सन् २०२२ को सुरुमा कम्पनीको आवेदन एफडीएले अस्वीकार गरेको थियो ।

गत डिसेम्बरमा एक प्रस्तुतीकरणको क्रममा मस्कले न्यूरालिंकको प्रत्यारोपणको उद्देश्य मानव मस्तिष्कलाई कम्प्युटरसँग सोझै सञ्चार गर्न सक्षम बनाउनु भएको बताएका छन् ।सम्भावित भविष्यका सुपरइन्टेलिजेन्ट कम्प्युटरको प्रयोग गरी जन्मजात नै केही कुरामा असक्त मानिसहरुलाई मद्दत गर्ने उपकरणको विकासमा न्युरालिंकलगायतका केही अन्य कम्पनीहरुले काम गरिररहेका छन् । मस्कले एकपटक आवश्यक भएमा आफ्नै बच्चाको दिमागमा चिप प्रत्यारोपण गर्न तयार भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू