अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

जर्मनीमा आर्थिक मन्दी सुरु

बिआरटीनेपाल २०८० जेठ १२ गते ४:१९ मा प्रकाशित

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी सुरु भएको छ ।सन् २०२३ को पहिलो तीन महिनामा जर्मनी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको गिरावट आएको पनि त्यहाँको संघीय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो ।लगाततार दुई वटा त्रैमासमा कुल गाहस्र्थ उत्पादमा गिरावट आयो भने मन्दीको रुपमा लिने गरिन्छ । जर्मनी अर्थमन्त्री क्रिस्टियान लिण्डरले देशको अर्थतन्त्रमा आश्चर्यजनक नकारात्मक संकेतहरु देखिएको बताउनु भएको छ ।

अन्य विकसित देशको अर्थतन्त्रको तुलनामा जर्मन अर्थतन्त्रमा नकारात्मक संकेत देखिएको उहाँको भनाइ छ । जर्मनीका पाँच जना वरिष्ठ अर्थविद्हरुले अर्थतन्त्र २ दशमलव २ प्रतिशतसम्मले खुम्चिने प्रक्षेपण गरिसकेका छन् । पछिल्लो त्रैमासमा जर्मन सरकारको खर्च गर्ने क्षमता ४ दशमलव ९ प्रतिशतले खुम्चिएको छ भने आम उपभोक्तको खर्च पनि घटेको छ ।

अमेरिकापछि जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको चीनमा जर्मनीका कारको निर्यात पनि २४ प्रतिशतले घटेको छ । आर्थिक मन्दी सुरु भएको घोषणाँंगै बिहीबार त्यहाँको शेयर बजारमा भारी गिरावट आएको छ । जर्मनीको मन्दीले सिंगो युरोप र अमेरिकासम्म असर गर्नसक्ने विश्लेषण गरिएको छ । आर्थिक मन्दी सुुरु भए पनि जर्मनीमा अहिले पनि महंगी दर ७ प्रतिशत माथि नै छ । सर्वसाधारणको आम्दानी नबढ्ने तर, महंगी दर उच्च रहने समस्याको समाधान खोज्नु चुनौतिपूर्ण रहेको अर्थविद्हरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू