अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

बाख्मत शहर कब्जामा आएको भन्दै रुसमा उत्सव, जेलेन्स्कीले भने गरे अस्वीकार

बिआरटीनेपाल २०८० जेठ ८ गते ४:३५ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरिरहेको बेला उता रुसले भने बाख्मत कब्जा गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ ।वागनर समूहले बाख्मतका सवै सडक र बस्तीहरुमा रुसी झण्डा फहराएको निश्चित भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाकुहरुलाई बधाई दिँदै उत्सवका लागि आह्वान गर्नुभएको हो ।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा युक्रेनी सेनाका शव बाहेक अरु कसैको उपस्थिति नरहेको दाबी गरेका छन् ।आफ्ना लडाकुहरु घर घरमा पुगेको भन्दै उनले एक जना पनि युक्रेनी सैनिक वा लडाकु त्यहाँ फेला नपारेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आइतबार जापामा जी सेभेन-सम्मेलनका क्रममा बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गर्नुभएको थियो । जेलेन्स्कीले बाख्मत पूर्ण रुपमा ध्वस्त भएको भन्दै त्यहाँ केही पनि बाँकी नरहेको स्वीकार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू