अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि काठमाडौंमा सुरु

बिआरटीनेपाल २०८० जेठ ८ गते ४:३३ मा प्रकाशित

एनएससी–काभा अन्तर्राष्ट्रिय  महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको यो प्रतियोगिता नेपाली टोलीले आफ्नै देशमा खेल्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।लगातार दुई पटक उपाधि जितेको नेपाल यसपटक उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ । प्रतियोगिताका खेलहरु सोमबार बिहानैदेखि सुरु भएका छन् । दिउसो औपचारिक उद्घाटन भएपछि नेपालले आफ्नो पहिलो खेलमा साँढे ४ बजे किर्गीस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) मा आबद्ध १४ मध्ये दक्षिण तथा मध्य एशियाका ८ टिम सहभागि छन् । समूह ‘ए’ मा नेपाल, किर्गिस्तान, भारत र बंगलादेश छन् भने समूह ‘बी’ मा काजखस्तान, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । समूह चरणको खेलपछि हरेक समुहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू