अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको रुसको दावी

बिआरटीनेपाल २०८० जेठ ७ गते ५:१० मा प्रकाशित

युक्रेनमा रुसको तर्फबाट लड्दै आएको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ ।वागरनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले शनिबार मध्यान्ह आफ्ना लडाकुहरुले बाख्मतलाई पूर्ण नियन्त्रणमा लिएको दावी गरेका हुन् । बाख्मतलाई पुरै नियन्त्रणमा लिन २ सय २४ दिन लागेको भन्दै उनले भिडियो सन्देश मार्फत बाख्मतका घर घर नियन्त्रणमा आएको समेत दावी गरेका छन् ।

उता, युक्रेनले भने वागनर समूहको दावीलाई अस्वीकार गर्दै बाख्मतमा अवस्था ज्यादै संवेदनशील रहेको र आफ्नो सेना बाख्मतको भूमिमा अहिले पनि बाँकी रहेको बताएको छ । युक्रेनी उपरक्षा मन्त्री गन्ना मल्यारले बाख्मतका केही औद्योगिक क्षेत्रमा युक्रेनी लडाकुहरु बाँकी रहेको बताएका हुन् । वागनर समूहका प्रमुख प्रिगोजिनले यस अघि पनि बाख्मत कब्जामा आईसकेको घोषणा गर्ने गरेको भन्दै पूरै नियन्त्रणमा आए नआएको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू