अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

जी–२० बैठकमा चीन नजाने

बिआरटीनेपाल २०८० जेठ ६ गते ८:०७ मा प्रकाशित

चीन भारत प्रशासित जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने भएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ। भारत प्रशासित कश्मीरमा हुने जी–२० टुरिजम वर्किङ ग्रुपको बैठकमा चीनले सहभागिता नजनाउने बताएको हो ।

चीनले विवादित क्षेत्रमा हुने कुनै पनि प्रकारको जी–२० बैठकको कडा विरोध गर्ने जनाएको छ । जी–२० टुरिजम वर्किङ गु्रपको बैठक मे २२ देखि श्रीनगरमा हुने तय भएको छ । यो समूहमा भारत बाहेक अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किंगडम, अमेरिका र युरोपियन युनियन रहेका छन् ।

अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि जम्मू कश्मीरमा आयोजना हुने यो सबैभन्दा महत्वपूर्ण कार्यक्रम हो । भारतले यस वर्ष जी–२० देशहरूको अध्यक्षता गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू