अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

मच्छिन्द्र र फ्रेन्ड्स तथा मनाङ र सङ्कटाबीचकाे खेल बराबरीमा सकियाे

बिआरटीनेपाल २०८० जेठ ४ गते ६:५१ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ ।आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । फ्रेन्ड्सका प्रकाश बुढाथोकी र राफिक अमिनुले गोल गरे भने मच्छिन्द्रका लागि दुवै गोल हाफिज ओेलावालेले गरे ।

याे बराबरीसँगै १९ खेलमा ३१ अङ्कसहित मच्छिन्द्र तालिकाकाे तेस्रो स्थानमा छ । उति नै खेलमा २१ अङ्क जोडेको फ्रेन्ड्स १२ औँ स्थानमा क्षेत्रमै छ । आजै ललितपुरको च्यासल मैदानमा भएको अर्काे खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले पनि २–२ गोलकै बराबरी खेलेका छन् । मनाङका कोफी कुडोले २ गोल गरे । सङ्कटाका लागि युसेफ एट्रिस र मनिष डाँगीले १/१ गोल गरे ।

याे बराबरीसँगै मनाङ १९ खेलमा २३ अङ्कसहित तालिकाकाे सातौँ स्थानमा छ । सङ्कटा उति नै खेलमा २२ अङ्कसहित ११ औँ स्थानमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू